‘चैतन्य’ लाई पारिजात सिर्जना सम्मान

काठमाडौं,२०७० बैशाख ५,
– पारिजात स्मृति केन्द्रको छनौट तथा मूल्याङ्कन समितिले पारिजात सिर्जना सम्मान २०६९ वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक एबं नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई पुरस्कार दिने निर्णय गरेको छ । वैद्यले सौन्दर्य शास्त्रका विषयमा चैतन्यका नाममा कलम चलाउछन ।
त्यस्तै पारिजात संघर्षशील नारी सम्मान वरिष्ठ महिला नेतृ सहाना प्रधान, पारिजात कला सम्मान नारदमूनी हार्तम्छाली र पारिजात बाल साहित्य पाण्डुलिपी पुरस्कार विजयराज आचार्यले पाउने भएका छन ।
त्यस्तै केन्द्रले संगीत स्रोता, सविना सिन्धु र केदार श्रेष्ठलाई उत्कृष्ट पाण्डुलिपी लेखेवापत सम्मान गर्ने निर्णय गरेको छ ।बैशाख २१ गते पुरस्कार वितरण गरिने पारिजात स्मृति केन्द्रका सदस्य सचिव मात्रिका पोखरेलले जानकारी दिए ।प्रसिद्ध साहित्यकार पारिजातको वैचारिक तथा कलात्मक योगदानको सम्मान गर्न केन्द्रले २०५१ साल देखि पारिजात संङ्घर्षशील नारी सम्मान, २०५१ साल देखि पारिजात सृजन सम्मान र २०५८ साल देखि पारिजात कला सम्मान प्रदान गर्दै आएको छ ।
http://www.janakhabar.com
==============================================
बैद्य र सहानालाई पारिजात सम्मान
 
 
२०७० बैशाख ५, काठमाडौं । पारिजात सृजन सम्मान २०६९ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई प्रदान गरिने भएको छ ।
माक्र्सवादी सौन्दर्य चिन्तक समेत रहेका 
बैद्यलाई साहित्यमा चैतन्य उपनामले पनि चिनिन्छ । राजनीतिमा नभई 
माक्र्सवादी साहित्य योगदान पुर्याए बापत उहाँलाई यो सम्मान प्रदान गर्न 
लागिएको हो । पारिजात स्मृति केन्द्रले
पारिजात सङ्घर्षशील नारी सम्मान-२०६९ 
वरिष्ठ महिला नेतृ सहाना प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ । एमाले 
नेतृ प्रधान अशक्त अवस्था हुनुहून्छ । त्यसैगरी पारिजात कला सम्मान २०६९ 
कलाकार नारदमुनी हार्तम्छाली र पारिजात बाल साहित्य पाण्डुलिपि 
पुरस्कार-२०६९ बालसाहित्यकार विजयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको 
केन्द्रका सदस्य सचिव मातृका पोखरेलले जानकारी दिनुभयो ।
पारिजात बाल साहित्य पाण्डुलिपि 
पुरस्कार-२०६९ का लागि आहृवान गरिएका पाण्डुलिपिहरुमा अन्य उत्कृष्ट तीनवटा
 पाण्डुलिपि लेखकहरु सङ्गीतस्रोता, सविना सिन्धु र केदार श्रेष्ठलाई सम्मान
 गरिने उहाँले जानकारी दिनुभयो । सम्मान एवम् पुरस्कार वैशाख २१ गते वितरण 
गरिने छ ।
http://www.onlinekhabar.com/2013/04/61977/ 
======================================= 
साहित्यकार पारिजातको स्मरण, अध्यक्ष बैद्यलाई पारिजात सृजन सम्मान
 
 
    
     
     
    
काठमाडौं, २०७० बैशाख ५ । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात सृजन सम्मान यसपटक बरिष्ठ माक्र्सवादी सौन्र्दय चिन्तक तथा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणलाई प्रदान गरिने भएको छ । पारिजातको २० औ दिवसको अवसरमा आज राजधानीमा आयोजित स्मृति सभामा पारिजातको नाममा स्थापना गरिएका सम्मान तथा पुरस्कार दिने घोषणा गरिएको हो ।
यसैगरी पारिजात संघर्षशील महिला सम्मान महिला नेतृ साहना प्रधानलाई प्रदान गरिने घोषणा गरिएको छ । यसैगरी पारिजात कला सम्मान कलाकार नारदमुनी हार्तम्छाली र पारिजात बाल साहित्य पाण्डुलिपी पुरस्कार बाल साहित्यकार बिजयराज आचार्यलाई प्रदान गरिने भएको छ ।
यी सबै सम्मान तथा पुरस्कार बैशाख २१ गते बितरण गरिने पारिजात स्मृति केन्द्रले जनाएको छ । स्मृति सभाका बक्ताहरुले नेपाली साहित्यको क्षेत्रमा पारिजातको योगदान अतुलनीय रहेको बताए । साहित्यकार पारिजातको २०५० साल बैशाख ५ गते निधन भएको थियो ।
http://imagechannels.com/samachar/thap_janakari/26558
===================================
पारिजातको सम्झना
काठमाडौ, २०७० वैशाख ६ - म्हैपीस्थित पारिजात स्मृति केन्द्र परिसरमा बिहीबार बिहान सुकन्या वाइवा पुराना दिन सम्झि रहेकी थिइन् । बीसको दशकको सुरुवातमा पुतलीसडकको साँघुरो डेराभित्र 'शिरीषको फूल' उपन्यास लेख्दै गर्दाको बेला बहिनी सुकन्या अफिस जानुअघि पारिजातलाई ठूलो कागजको पाता छाडिराख्थिन् ।
साँझ उनी फर्किंदा पारिजातले झन्डै एक च्याप्टर लेखिसकेकी हुन्थिन् । 'त्यति बेलादेखि नै दिदीको स्वास्थ्य खराब हुन सुरु भइसकेको थियो,' लामो समय पक्षाघातबाट कुँजिएर दिवंगत भएकी पारिजातबारे सुकन्याले भनिन्, 'अचम्म, त्यस्तो बेला पनि दिनमा एक अध्याय लेखिसक्थिन् उनी ।' त्यही कृतिमाथि जापानी निर्देशक डा. तोसिआकी इतोहले बनाएको फिल्ममा मुख्य पात्र सुयोगवीरको भूमिका गरेका नायक गणेश लामालाई छेउमा राखेर उनी उपन्यास लेखनकै सन्दर्भ जोडिरहेकी थिइन् । 'त्यति बेला झ्यालमा माथिबाट झार्ने चुकुल हुन्थ्यो र तलचाहिँ गार्होको फराकिलो भाग, त्यसैलाई टेबुलको रूपमा प्रयोग गथ्र्यौं,' सुकन्याले पुतलीसडकको बसाइ सम्झिन्, 'अहिले पनि त्यही गल्लीको बाटो हिँड्छु कहिलेकाँही । तर त्यो घर अब छैन ।'
त्यो पुरानो घर नभए पनि स्मृति केन्द्रले पारिजातले प्रयोग गरेका पुराना मेच, टेबुल, काठको सोफादेखि कुनैबेला नेपाली प्रगतिवादी साहित्यमा चर्चित 'सर्वहारा पुस्तक पसल' -काठको मझौला टेबुल, जहाँ पारिजातले सबैका किताब कमिसन नखाईकन बेचिदिन्थिन्) सम्म दुरुस्तै सुरक्षित राख्ने काम गरेको छ । सुकन्या पुराना दिनहरू किन पनि सम्झिरहेकी थिइन् भने केन्द्रले पारिजातको २० औं स्मृतिसभा मनाइरहेको थियो र सुकन्या पारिजातको सालिकमा माल्यार्पण
गर्दै थिइन् । 'यो टेबुलमा सयौं स्रष्टाको सम्झना पनि जोडिएर आउँछ,' पारिजातसित अन्तरंग भएका थोरै स्रष्टामध्ये पर्ने स्नेह सायमीले सर्वहारा पुस्तक पसल नामक टेबुलको सन्दर्भ जोडे, 'त्यतिबेला साहित्यिक किताब खासै बिक्दैन थियो, पारिजात दिदीकोमा आउनेहरूले पनि किताब किनेर लैजान्थे । त्यही भएर दिदीले सबैको किताब यही टेबुलमा राखिदिनुहुन्थ्यो र बिक्री भएपछि लेखकलाई बोलाएर पैसा दिनुहुन्थ्यो ।' स्मृति केन्द्रको सदस्यसमेत रहेका स्नेहले पारिजातको जीवनसित जोडिएका सबै वस्तु र साहित्यिक सामग्री राखेर केन्द्रमै मिनी म्युजियम समेत बनाउने सोच रहेको बताए । माल्यार्पण र स्मृति सभामा भने केन्द्रका अध्यक्ष लक्ष्मी माली र सदस्यसचिव मातृका पोखरेलले पारिजातको साहित्यिक योगदानबारे प्रकाश पारे ।
'पारिजात दिदी हाम्रा साहित्यिक सिर्जनाको अभिभावक हुनुहुन्थ्यो,' लक्ष्मीले भनिन्, 'उहाँबाट हामीले सिकेको शालीनता, प्रेम, सद्व्यवहार र संघर्षको यात्राको निरन्तरता अझै जारी छ ।' उनले पाँच वर्षदेखि पारिजात स्मृति भवनको निर्माण भइरहेको र प्रत्येक वर्ष एकदेखि तीन लाखसम्मको सहयोगमा काम अगाडि बढिरहेको पनि जनाइन् ।
पारिजात पुरस्कार घोषणा स्मृति सभामै यस वर्ष केन्द्रले दिने पुरस्कारहरूको घोषणा गरियो । पारिजात सृजन सम्मान माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य (मोहन वैद्य 'किरण') लाई, पारिजात संघर्षशील नारी सम्मान नेतृ सहाना प्रधानलाई, पारिजात कला सम्मान नारदमुनि हार्तम्छालीलाई र पारिजात साहित्य पाण्डुलिपि पुरस्कार विजयराज आचार्यलाई दिइनेछ । पुरस्कार आउँदो २१ गते प्रदान गरिने लक्ष्मीले बताइन् ।
http://www.ekantipur.com/nep/2070/1/6/full-story/366479.html
==================================================================
=====================================================
चौथो शृङ्खलामा पारिजात महिला कवि गोष्ठी
१८
 चैत्र । पारिजात स्मृति केन्द्रको आयोजनामा 'पारिजात महिला कवि गोष्ठी'को 
चौथो शृङ्खला सम्पन्न भएको छ । काठमाडौंको रविभवनस्थित रातो घरमा संचालित 
चौथो शृङ्खलामा कविहरु प्रगति राई, अस्मिता मानन्धर, सुधा त्रिपाठी, 
हरिमाया भेटवाल, चन्दा थामी, शुशिला प्रधानाङ्ग र लक्ष्मी मालीले आ-आफ्ना 
कविता सुनाउनुभयो । वाचित कविताहरुमाथि कवि श्रवण मुकारुङ लगायत अन्य 
सहभागीहरुले टिप्पणी गरेका थिए ।
=====================================================
पारिजात महिला कविता गोष्ठीको तेस्रो शृङ्खला सम्पन्न
सशक्त
 महिला कविहरु उत्पादन गर्ने उद्देश्यसहित पारिजात स्मृति केन्द्रले 
पारिजात महिला कविता गोष्ठी साचालन गरिरहेको छ । यही फागुन ८ गते त्यसको 
तेस्रो श्रृङ्खला सपन्न भयो । तेस्रो श्रृङ्खलामा कवि बिमला तुम्खेवा, 
हरिमाया भेटवाल र सरिता लामाले आपुना दुई-दुई वटा कविता वाचन गर्नुभयो । 
वाचित कविताहरुमाथि कवि विक्रम सुब्बा लगायत उपस्थित सहभागीहरुले टिप्पणी 
गर्नुभयो । कार्यक्रम म्हेपीस्थित अमृत सेकेण्डरी स्कुलमा भएको थियो ।
==============================================================
==============================================================
पारिजातको बारेमा थोरै
संस्कृति जो मान्दैन उसलाई हामी मानिस 
मान्दैनौं । प्रत्येक युवा/युवतीको प्रेमिका/प्रेमी हुनुपर्ने यो 
अनिवार्यता संस्कृति थियो रे दार्जिलिङमा त्यो ताका । त्यो संस्कृति जसले 
पारिजातलाई एउटा गहिरो त्रासदी र चार उपन्यास 'संघर्ष', 'वर-पिपल', 'मानव 
अन्तर्यामी', र 'शारदा दियो । ती उपन्यास जसलाई उनले च्यातिदिइन् ।
वि.सं.१९८४
 बैशाखमा जन्मिएकी पारिजात २०११ सालमा १७ वर्षको उमेरमा नेपाल काठमाडौं 
छिरिन् । १३ वर्षको उमेरमा छोएको हाडजोर्नी सम्बन्धी रोगबाट जब उनी 
अत्यन्तै पीडित भइन् तब उनलाई लाग्यो-'जीवन एउटा त्यस्तो फूल हो जुन भ्रमर 
चुम्बनमै ओइली झर्छु र त्यसको पुष्टि गर्नको खातिर उनले २०२२ सालमा 
'शिरीषको फूल' प्रकाशित गरिन् । 'शिरीषको फूल' उनको परिचय र पर्यायको रुपमा
 स्थापित भयो ।
२०२३ सालमा आएर 
पारिजातले चर्चित आन्दोलन 'राल्फा' को नेतृत्व गरिन् जसमा रामेश रायन निनु 
मंजुल लगायतका स्रष्टाहरु संलग्न थिए । निर्मल लामा र मोहनविक्रमिसंह जसलाई
 पारिजातले ुगडफादरु मानेकी थिइन् संगको संगतपछि उनले जीवनको नयाँ क्षितिज 
देखिन् र २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन को सदस्यता 
लिइन् । २०३९ सालमा अर्को शिरीषको फूल उर्फ प्रगतिवादी शिरीषको फूल 'अनिदो 
पहाडसँगै' प्रकाशन गरिन् ।
२०५० 
साल बैशाख ५ गतेको साँझ स्वयम्भू छेउको सानो वनभित्र भयानक ज्वाला र 
लप्कामाझ धुवाँको नीलो पर्दाभित्र पारिजातको चेहरा अति सुन्दर र दीप्त 
देखियो जसको शिरमा थियो लेनिनको फोटो ।
============================================================
१९ औ पारिजात स्मृति दिवस सम्पन्न ...............
============================================================
१९ औ पारिजात स्मृति दिवस सम्पन्न ...............
सुप्रसिद्ध साहित्यकार पारिजातको १८ औ स्मृति दिवस २०६९ साल बैशाख ५ गते पारिजातको प्रतिमास्थल म्हेपी नयाबजारमा सम्पन्न भयो । पारिजातको प्रतिमामा माल्यार्पण गरेर सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतीथी ... सम्माननीय प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पारिजात स्मृति केन्द्रलाई नेपालको प्रगतिवादी साहित्यको केन्द्र बनाउनु पर्ने धारणा राख्नु भयो। उक्त कार्यक्रममा पारिजात स्मृति केन्द्रका सदस्य स्नेह सायमिले स्वागत मन्तव्य राख्दै २०६८ सालका लागि पारिजात सृजन सम्मान प्रगतिवादी कवि विमल निभा, पारिजात सङ्घर्षशील नारी सम्मान विष्णुदेवि श्रेष्ठ, पारिजात कला सम्मान इन्द्रेणी सांस्कृतिक समाज कीर्तिपुर शाखा र पारिजात बाल साहित्य पाण्डुलिपि सम्मान माधव सयपत्रीलाई प्रदान गर्ने निर्णय
 भएको घोषणा गर्नु भएको थियो । सवै सम्मानहरु सम्माननीय प्रधानमन्त्री 
डाक्टर बाबुराम भट्टराईको प्रमूख आतिथ्यतामा सम्पन्न हुने २०६९ साल वैशाख 
१६ गते शनिवार विहान ७:३० वजे भृकुटिमण्डप स्थित नेपाल पर्यटन वोर्डको हलमा आयोजित पारिजात स्मृति सभामा प्रदान गरिने जानकारी समेत गराइएको थियो । कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष लक्ष्मी मालीको अध्यक्षतामा भएको थियो।
========================
पारिजातको स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइयो
साहित्यकार
 पारिजातको स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । अठारौँ स्मृति 
दिवसको अबसरमा पारिजात स्मृति केन्द्र, म्हैपीमा आयोजित कार्यक्रममा 
प्रधानमन्त्री डा बाबुराम भट्टराईले पारिजातको प्रतिमामा माल्यार्पण गर्नु 
भएको छ ।
उहाँले
 आफू राजनीतिक यात्रामा लागेदेखि नै पारिजातसँग बाक्लो सम्बन्ध रहेको स्मरण
 गर्नुभयो । भट्टराईले मुलुकमा राजनीतिक आन्दोलनले गति लिए पनि सांस्कृतिक 
आन्दोलनले अझैसम्म गति लिन नसकेको स्पष्ट पार्दै अबका दिनमा सांस्कृतिक 
आन्दोलनलाई अगाडि बढाउन आवश्यक भइसकेकामा जोड दिनुभयो ।
दिवसको
 अवसरमा पारिजात स्मृति केन्द्रले बिभिन्न क्षेत्रका प्रतीभाहरुलाई 
सम्मानको घोषणा गरेको छ । केन्द्रका अनुसार २०६८ सालकोपारिजात सृजन सम्मान 
साहित्यकार विमल निभा, पारिजात संघर्षशिल नारी सम्मान महिलाअगुवा 
विष्णुदेवी श्रेष्ठ, पारिजात कला सम्मान इन्दे्रणी साँस्कृतिक समाज 
कीर्तिपुरशाखा र पारिजात बाल साहित्य पाण्डुलिपी सम्मान बाल साहित्यकार 
माधव सयपत्रीलाई प्रदानगर्ने निर्णय भएको छ । सम्मान आउँदो १६ गते 
काठमाण्डू कार्यक्रम गरी वितरणगरिने केन्द्रले जनाएको छ ।
विक्रम
 सम्बत १९९४ सालमाभारतको दार्जिलिङ्मा जन्मेकी विष्णुकुमारी वाईवाले 
पारिजात उपनामबाट नेपालीसाहित्यमा धेरै कृति लेख्नु भएको छ । उहाँले लेखेका
 धेरै चर्चित कृति मध्ये शिरिषकोफूल मुख्य मानिन्छ । पारिजातको निधन विक्रम
 सम्बत २०५० साल बैशाख पाँच गतेअर्थात् आजकै दिन भएको हो ।
| ===================================================== दुबईमा 19 औ पारिजात स्मृति दिवस तथा छैठो युएई नेपाली साहित्य दिवस सम्पन्न लालबहादुर ढेंगा 
दुबई युएई 
आमा
 रुदै गाउं वेशी मेलैमा छोरा रुदै गोरखपुर रेलैमा लिलबहादुर गुरुङद्धारा 
वाचन गरिएको चिठ्ठी चपेटाले सबै उपस्थित दर्शक तथा साहित्य श्रष्टाहरुलाई 
मनमोहित गर्दै एकैछिनको लागि साच्चिकै आफ्नो गाउं वेशीमा पुर् याउनमा सफल 
भएको थियो । त्यस्तैगरी अन्य श्रष्टाहरुद्धारा पनि विभिन्न गजल लघुकथा 
चिठ्ठी चपेटा र कविताहरु वाचन गर्दै एकछिनको लागि दुबई सहरबाट टाढा नेपाल 
गाउंको डाडा पखेरा र उकाली ओरालीको भाङज्याङमा शिशिर यामको हावामा डुब्न 
बाध्ये तुल्याएको थियो । 
दुबईस्थित
 सागर रेष्टुरेण्टमा हिजो २२ अप्रिल २०११ शुक्रबारका दिन अन्तर्राष्ट्रिय 
नेपाली साहित्य समाज युएई च्याप्टरद्धारा आयोजना गरेको १९ औं पारिजात 
स्मृति दिवस तथा छैठौ युएई नेपाली साहित्य दिवसको अध्यक्षता सोही साहित्य 
समाजका अध्यक्ष समदर्शी काइलाले गर्नु भएको थियो भने अन्य अतिथिहरुमा 
विभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको 
थियो । 
नेपाली
 राष्ट्रिय गानबाट थालनी भएको सो कार्यक्रमको स्वागत मन्तव्य निमेष गिरीले 
दिनु भएको थियो भने साहित्य समाज र त्यसको औचित्यको बारेमा सोही साहित्य 
समाजका उपाध्यक्ष शेष नारायण झाले प्रकाश पार्नु भएको थियो । 
त्यस्तैगरी
 अतिथिहरु र श्रष्टाहरुद्धारा पारिजातको फोटोमा माल्यापण गर्दै सोही समाजका
 महासचिव गिरधारी रिजालले पारिजातको वास्तविक नाम बिष्णुकुमारी वाइवा रहेको
 र उहांले विभिन्न क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै वहांको 
जीवनीको बारेमा पनि प्रकाश समेत पार्नु भएको थियो । साहित्य श्रष्टाहरुको 
मनोवललाई अझै अभिपे्ररित गर्दै उहांहरुद्धारा वाचन गरिएको कथा लघुकथा 
चिठ्ठी चपेटा गजल र कविताहरुको उच्च मूल्यांकन गर्दै संरक्षक पि।यस। लिम्बु
 र अध्यक्ष समदर्शी काइलाद्धारा प्रमाण-पत्र समेत प्रदान गर्नु भएको थियो । पारिजातको स्मृति दिवसका अवसरमा सर्जकहरु सम्मानित
काठमाडौं,
 बैशाख १६ । चर्चित लेखिका पारिजातको अठारौं स्मृति दिवसका अवसरमा साहित्य र
 समाज सेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिने विभिन्न व्यक्तहरु सम्मानित 
भएका छन् ।     पारिजात स्मृति केन्द्रले आज राजधानीमा आयोजना गरेको 
कार्यक्रममा नेपाली साहित्यमा झण्डै ४ दशकदेखि सक्रिय कवि विमल निभालाई १० 
हजार नगद र प्रमाणपत्रसहितको ‘पारिजात सिर्जनशील सम्मान, २०६८’ बाट सम्मान 
गरिएको छ । 
पञ्चायती
 निरंकुशताविरुद्धको आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्म पनि अविचलित 
रुपमा सक्रिय विष्णुदेवी श्रेष्ठ (मुक्ता) पनि नगद १० हजार र 
प्रमाणपत्रसहितको ‘पारिजात संघर्षशील नारी सम्मान, २०६८’बाट सम्मानित भएकी 
छन् ।     कार्यक्रममा १५ हजार नगद र प्रमाणपत्रसहितको ‘पारिजात कला 
सम्मान’ इन्द्रेणी साँस्कृतिक समाज कीर्तिपुरलाई र नगद १० हजार र 
प्रमाणपत्रसहितको ‘पारिजात बालसाहित्य पाण्डुलिपि सम्मान’ कवि माधव 
सयपत्रीलाई प्रदान गरिएको थियो । 
पुरस्कारहरु
 प्रदान गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले 
स्वच्छन्दवादी लेखिका रुपमा राष्ट्रियताको विषयमा अग्रस्थान बनाउन सफल 
पारिजात एक कुशल समाजशास्त्रको चित्रकार पनि भएको धारणा व्यक्त गरेका थिए ।
 कार्यक्रममा समालोचक पुरुषोत्तम सुवेदीले ०१३ देखि नेपाली साहित्यमा 
उपस्थिति जनाएकी पारिजात एक कुशल र प्रगतिवादी कवयित्रीकी रुपमा 
अनन्तकालसम्म आफ्नो छाप छोड्न सफल भएको चर्चा गरेका थिए । 
पारिजातकी
 बहिनी सुकन्या वाइवाले पारिजात एउटा सशक्त नारी हस्ताक्षर भएको र उनले 
नेपाली साहित्यका लागि पु¥याएको योगदानलाई सबैले आत्मसात् गर्न जरुरी रहेको
 बताइन् । पारिजात केन्द्रकी अध्यक्ष लक्ष्मी मालीसहित सम्मानित 
व्यक्तिहरुले नेपाली साहित्याकाशमा पारिजातले पु¥याएको योगदानलाई अझै उच्च 
सम्मान प्रदान गर्न नसकिएको उल्लेख गरेका थिए । 
कार्यक्रममा
 उपस्थित कवि तथा कवयित्रीहरु विष्णुविभू घिमिरे, बलराम तिमिल्सिना, 
वासुदेव अधिकारी, सुधा त्रिपाठी, श्रवण मुकारुङ, नम्रता श्रेष्ठ, अविनाश 
श्रेष्ठ, सीता शर्मा, राम विनय, अमर गिरी, पूर्ण विरामलगायतले पारिजातका 
सिर्जना वाचन गरेका थिए । पारिजातको नेपाली साहित्यमा गतिलो पहिचान बनाएकी 
विष्णुदेवी वाइवाको ०५० बैशाख ५ गते काठमाडौंमा निधन भएको थियो । उनी 
दार्जिलिङमा जन्मिएकी थिइन् । उनको कृति ‘शिरिषको फूल’ सबैभन्दा चर्चित 
मानिन्छ । ===================================================== ============================================================
============================================================================== | 
 
 
                                 
No comments:
Post a Comment