Sunday, April 18, 2021

२८ औं पारिजात स्मृति दिवसको कार्यक्रममा विभिन्न सम्मानको घोषणा ।

सुप्रसिद्ध साहित्यकार पारिजातको २८ औं स्मृति कार्यक्रम यही २०७८ वैशाख ५ गते पारिजात स्मृति भवन म्हेपी, नयाँबजार, काठमाडौंमा उहाँको प्रतिमामा माल्यार्पणसहित श्रद्धा अर्पण गरेर मनाइयो । प्रतिमामा माल्यार्पणपश्चात संक्षिप्त्त कार्यक्रमको आयोजना गरिएको थियो । पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमीको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष एवम् संरक्षक सुकन्या वाइवाले पारिजातले आफ्नो जीवनमा पारेका महत्त्वपूर्ण प्रभावहरूका बारेमा चर्चा गर्नुभएको थियो । स्मृति केन्द्रका निवर्तमान अध्यक्ष रायनले पारिजातसँग विगत समयको छोटो सम्झना प्रस्तुत गर्नु भयो । कार्यक्रममा माननीय मन्त्री रामवीर मानन्धरले पारिजात स्मृति केन्द्रले आगामी दिनहरूमा साहित्यिक एवम् वैचारिक कार्यहरू नेतृत्व गरोस् भन्ने सुझाव दिनुभएको थियो । पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमीले पारिजात स्मृति केन्द्रले निर्णय गरेका विभिन्न सम्मानहरू बाचन गरेर सुनाउनुहुँदै कार्यक्रम समापन भएको जानकारी गराउनुभएको थियो ।

पारिजात स्मृति केन्द्रले पारिजात बालसाहित्य सम्मान - २०७७ बाट प्रा.डा. चुडामणि बन्धु , पारिजात सिर्जन सम्मान - २०७७ बाट सीता शर्मा, पारिजात संघर्षशील नारी सम्मान - २०७७ बाट सीता पोखरेल र पारिजात कला सम्मान - २०७७ बाट माधव प्रधानलाई सम्मान गर्ने निर्णय गरेको छ । उक्त सम्मानहरू पारिजात स्मृति भवन म्हेपी, काठमाडौंमा २०७८ वैशाख २५ गते शनिबार १ बजे आयोजना गरिने स्मृति सभामा प्रदान गरिने कार्यक्रम रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका महासचिव मातृका पोखरेलले गर्नुभएको थियो ।



कार्यक्रमका तस्विरहरू :




















































































































































No comments:

Post a Comment