Wednesday, April 17, 2019

'पारिजात सम्मान' घोषणा, वैशाख २८ गते प्रदान गरिने

काठमाडौं, 
साहित्यकार पारिजातको प्रतिमा माल्यार्पण कार्यक्रममा 'पारिजात सम्मान २०७५' घोषणा भएको छ । 
पारिजात सिर्जन सम्मान, पारिजात सङ्घर्षशील नारी सम्मान, पारिजात कला सम्मान र पारिजात बाल साहित्य सम्मान क्रमश: आनन्ददेव भट्ट, सरिता ढंगोल, रामकृष्ण दुवाल, खगेन्द्र संग्रौलालाई प्रदान गर्ने केन्द्रले जनाएको छ । 
त्यसैगरि पारिजातको लेखन र जीवनका विषयमा विद्यावारिधि गरेकाहरुलाई पनि 'पारिजात सम्मान' प्रदान गर्ने केन्द्रको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. चन्द्रमान श्रेष्ठ, डा. नयना प्रधान, प्रा.डा. बद्रि विशाल पोखरेल, प्रा.डा. भवानी प्रसाद पाण्डे, प्रा.डा. हरिहर भण्डारी, डा. सिर्जना शर्मालाई पारिजात सम्मान प्रदान गरिनेभएको छ । 
आउँदो वैशाख २८ गते पारिजात स्मृति सभामा यी सम्मानहरु प्रदान गरिनेछ । 
पारिजात स्मृति केन्द्रले हरेक वर्ष वैशाख ५ गते पारिजातको प्रतिमामा माल्यार्पण कार्यक्रम गर्दै आएको छ । सोही दिन केन्द्रले साहित्यकार, कलाकार तथा अन्य विशिष्ठ व्यक्तित्वहरुलाई सम्मान घोषणा गर्दै आएको छ ।
www.ehulaki.com बाट साभार 
------------------------------------------------------------




































































































No comments:

Post a Comment