२०७५ साल माघ २५ गते पारिजात स्मृति केन्द्रको आयोजनामा 'साहित्यमा पद्मरत्न विषयक' गोष्ठी सम्पन्न भयो । पारिजात स्मृति केन्द्रका  अध्यक्ष रायनको सभापतित्व सम्पन्न उक्त कार्यक्रमको  प्रमुख अतिथि हुनुहुन्थ्यो नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गंगा प्रसाद उप्रेती ।  कार्यक्रममा  समालोचक डा. चुन्दा बज्राचार्य, राजनीतिज्ञ रघु पन्त र नेपाल भाषाका बरिष्ठ साहित्यकार मल्ल के सुन्दरले  पद्मरत्नको वहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । 
अत्यन्तै गरिमामय र विशिष्ट महानुभावहरुको उपस्थितिमा पद्मरत्नकै साहित्यिक यात्रा र नेपाली प्रगतिशील लेखक कलाकार संघको स्थापनामा उहाँको भुमिकाको बारेमा चर्चा भयो। कार्यक्रममा सहभागी अतिथिहरू मध्ये कुनै न कुनै किसिमले पद्मरत्नसंग नजिक भएर काम गरिसकेकाहरू हुनुहुन्छ।
प्रमुख अतिथि माननीय कुलपति गंगा प्रशाद उप्रेतीज्युले सोही कार्यक्रममा पारिजात स्मृति केन्द्रको पहलमा पद्मरत्न तुलाधरका उत्कृष्ट रचनाहरूलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्न नेपाल प्रज्ञा प्रतिष्ठान तयार रहेको घोषणा गर्नु भयो।
 







 
No comments:
Post a Comment